ग्रेटर नेपालको नक्सा चीनका विशिष्ट व्यक्तित्वलाई, चिनले भारतसँगको सिमा विवादका मुद्दामा मिलेरअगाडि बढ्ने प्रतिवद्धता

काठमाडौँ, १८ साउन – ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले चीनका राष्ट्रपतिका प्रमुख सल्लाहकार लि सिक्वाङ, नेपालका लागि चीनका पूर्व राजदूत ली त प्याओ तथा चिनियाँ कम्युनिष्ट पार्टी स्टेट काउन्सिलका पदाधिकारीलाई ग्रेटर नेपालको नक्सा उपलब्ध गराउनुभएको छ ।
टर नेपालबारे जनकारी दिन दोस्रोपटक चीनस्थित ‘गुडविल च्यारिटी’ को निमन्त्रणामा बेइजिङ र छेन्दुको १० दिने भ्रमण सकेर आउनुभएका मोर्चाका अध्यक्ष नेपालले आफ्नो भ्रमण उपलब्धिपूर्ण भएको बताउनुभयो । चिनियाँ राष्ट्रपतिका प्रमुख सल्लाहकार ली सिक्वाङसँग उहाँले दक्षिणी चिनियाँ समुद्रका टापुमाथिको विवाद, अरुणाञ्चल प्रदेश र ग्रेटर नेपालबारे गम्भीर छलफल गर्नुभएको थियो । उहाँले नेपालका लागि चिनियाँ पूर्वराजदूत ली तप्याओसँग भेटघाट गरी ग्रेटर नेपालको नक्सा उपलब्ध गराएपछि उहाँले ग्रेटर नेपालको विषय आकर्षक र गम्भीर रहेको बताउँदै भारतसँग चीनको लामो सीमा विवाद रहेको र समान प्रकृतिका यस्ता मुद्दामा चीन र नेपालले सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको मोर्चा अध्यक्ष नेपालले जानकारी दिनुभयो ।

यसैगरी अध्यक्ष नेपालले चीनको सिचुवान विश्वविद्यालयअन्तर्गत दक्षिण एसियाली अध्ययन संस्थानका कार्यकारी डिन तथा दक्षिण एसियाली अनुसन्धान केन्द्रका निर्देशक प्रोफसर ली ताओ तथा दक्षिण एसियाली अध्ययन संस्थानअन्तर्गत नेपाल अध्ययन केन्द्रका निर्देशक ह्वाङ जेङदोसँग पनि भेट गरी ग्रेटर नेपालको नक्सा उपलब्ध गराउनुभएको थियो । रासस
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment