‘केरा काटेर’ बोल गरेको उक्त गीतमा ज्योति भित्रि वस्त्र देखिएको थियो । त्यस्तै मगर द्वारा अभिनित तथा उनैले गाएको ‘यसपालीको तीजमा दरको साटो रक्सी खाईन्छ’ बोलेको गीत पनि विवादमा परेको छ । हिन्दु जागरण नेपाल नामक एक संस्थाले ज्योति मगर र कालिन्चोक म्युजिक प्वाईन्टलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा बुझाइएकाे उजुरी पत्र
उनीहरुले कलाकार ज्योति मगरमाथि सामाजिक विकृति भित्र्याएको र समाजमा विखण्डन भित्र्याएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा व्यापक विरोध भएपछि ‘केरा काटेर बोलको गीत भने युटुभबाट हटाइएको छ ।
From Diyo Post



0 comments:
Post a Comment