रसियन पेन्सिलिन भनिएको लसुनलाई परापूर्वकालदेखि पेटको समस्या, परजीवीको संक्रमण र कुष्ठरोगको उपचारमा प्रयोग गरिँदै आएको छ । वास्तवमा हामीले स्वस्थ रहन लसुन खाने गर्नुपर्छ । यो प्राकृतिक एन्टिबायोटिक हो । रुघाखोकी लाग्दा वा नाक बग्दा लसुनको प्रयोग गरेमा फाइदा पुग्छ । लसुनलाई पिसेमा वा चपाएमा त्यसका रसायन मिसिएर एलिसिन बन्छ । एलिसिनले हाम्रो शरीरलाई ऊर्जावान बनाउँछ । उच्च रक्तचाप, भाइरल संक्रमण, व्याक्टेरियल संक्रमण, ढुसीको संक्रमणलाई एलिसिनले नियन्त्रण गर्दछ ।
कैयौँ अनुसन्धानबाट देखिएअनुसार लसुनले केही प्रकारका क्यान्सरको उद्गम रोक्छ । प्राचीन ग्रीसमा संक्रमण रोक्न तथा फोक्सो र रगतको विकार हटाउन लसुन प्रयोग गरिन्थ्यो । शक्तिशाली एन्टिअक्सिडेन्ट लसुनले क्याम्पाइलोब्याक्टर जेजुनीलाई निस्तेज पार्ने परीक्षणबाट देखिएको छ । लसुन प्रयोग गर्नु पहिले ध्यान दिनुपर्ने महìवपूर्ण कुरा के छ भने जहिले पनि लसुनलाई पिसेर मात्र प्रयोग गर्ने । लसुन पिसेर १० मिनेट जति त्यतिकै छाडेमा एलिसिन तìव पूर्णरूपमा सक्रिय हुन्छ ।
From Bigul Nepal
0 comments:
Post a Comment