हेल्लो शुभ बिहानी सबैलाई हेर्नुहोस आजको पञ्चाङ्ग अनि राशिफल श्रीसूर्य दक्षिणायन वर्षा ऋतु,सौम्यनाम संवत्सर, शाके १९३८, विक्रसम्वत २०७३ साल श्रावण १८ गते मङ्गलवार नेपाल सम्बत ११३६ दिल्लागा,सन् २०१६ अगस्त २ तारिक कृष्णपक्ष औसी तिथि राती २ वजेर १२ मिनेटसम्म, तिष्य नक्षत्र राती २ वजेर ४८ मिनेटसम्म, सिद्धियोग राती ३ वजेर २० मिनेटसम्म, चतुष्पदकरण अपरान्ह २ वजेर ३६ मिनेटसम्म, आनन्दादियोग प्रवद्र्ध, सूर्य कर्कट राशीमा,चन्द्रमा पनि कर्कट राशीमा ।
मेषः– आकस्मिक खर्च वृद्धि हुनेछ । घरपरिवारमा सनातिना समस्या देखा पर्ने छन् । काम काजमा बाधा अवरोध आउने देखिन्छ । व्यापार घट्न सक्छ । आफन्तबाट विश्वासघात हुन सक्छ ।
वृषः– काम गर्ने जोश जागर बढ्नेछ । आफन्तबाट सामान्य सहयोग पाईनेछ । रोकिएका कामले गति लिनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्ने छ । घर वाहिर बसेर काम गर्दा बढि अनुकुलता हुनेछ ।
मिथुनः– संचित धन नास हुन सक्छ । प्रयत्नपूर्वक गरेका काम सफल हुने छन । मिलेर काम सके सम्म नगर्नु होल । आलस्यता नै शत्रु सम्झि काम गर्नु भएमा राहत मिल्ने छ ।
कर्कटः– सामान्य मेहनतबाट नै आज काम बन्ने छन् । अनायस आम्दानी बढ्ने देखिन्छ । काम गर्ने जोश,जागर बढ्ने छ । व्यापार व्यवसायमा देखिएका समस्या कम भएर जाने छन् ।
सिंहः– विना उपलब्धिका ठाँउमा विनाकारण खर्च गर्नु पर्ला । व्यापार व्यवसायमा गिरावट आउने छ । राम्रो कुरा गर्दा नराम्रो हुन सक्छ । रिस,अहंकार र क्रोध बढ्ने छ ।
कन्याः– थोरै मेहनत धेरै पैसा,परिवारजनको सहयोग,माताको आशिर्वाद मिल्ने छ । आर्जन गरेको धनलाई संरक्षण गर्न भने गाह्रो पर्न सक्छ । आकस्मिक धन हात पर्ने योग पनि देखिन्छ ।
तुलाः– काम बनेको आफैलाई पत्तो नलाग्न सक्छ । नयाँ कामको थालनि नहोला भन्न सकिन्न । काम गरेर प्रतिष्ठा आर्जन गर्न सकिने छ । घर परिवारबाट सहयोग पाईने छ ।
वृश्चिकः– समय मध्यम् खालको छ । बाहिरी काममा समय खर्च हुदा आफ्ना काम अधुरा रहने छन् । व्यापार व्यवसायमा विस्तारै प्रगति हुने छ । यात्राको सम्भावनालाई नकार्न सकिन्न ।
धनुः– दिन प्रतिकुलछ काम गर्दा विचार पु¥याउनु होला । मानसिक एवं शारीरिक दुर्वलता बढ्न सक्छ । रुघा खोकीले सताउन सक्छ । आर्थिक कारोवारमा गडबढ हुन सक्ने कुरालाई नकार्न सकिन्न ।
मकरः– प्रेममा सफल हुनुहुने छ । नयाँ कार्य योजनाहरु अगाडि बढाउन सजिलो हुने छ । देश,देशान्तरका उद्योग धन्दा बन्द व्यापारमा प्रगति हुने छ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न ।
कुम्भः– शत्रु लाग्न सक्छन्,काम गर्दा अत्यन्त चनाखो भएर काम गर्नु होला । उच्चमनोबलका साथ लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायमा सुधार आउने छ ।
मिनः– अन्योलता बढ्न सक्छ । समयमा निर्णय लिन सकिएन भने आफ्नो काममा अरुले अधिकार जमाउन खोज्ने छन् । व्यापार व्यवसायमा खासै प्रगति हुने देखिन्न ।

0 comments:
Post a Comment