यस्तो छ साउदी अरबमा ब्लडमनी तिर्न नसकेर मृत्यु पर्खेर बसेका ७ नेपालीहरुको कथा



साउदी अरब । वैदेशिक रोजगारका क्रममा साउदी अरब आएका नेपाली दाजुभाइहरु सवारी चलाउने क्रममा र सवारी चालक भएकै कारणले बिनाअपराध पनि लामो अवधिदेखि जेल जीवन व्यतित् गरिरहनु परेको हाम्रो खोज अनुसंधानबाट प्राप्त भएको तथ्य दुःखकासाथ सार्वजनिक गरिरहेका छौं ।

काभ्रेका विष्णु घिमिरेजीले आफ्नो छिमेकी रामचन्द्र तिमिल्सिनालाई ब्लडमनि तिरेर जेलमुक्त गराउन हामीसंग आग्रह गर्नु भएको कुरालाई हाम्रो नेपाली साझा मंचको फेसबुक मार्फत सार्वजनिक गरेर “नेपालीका लागि नेपाली नभए के नेपाली ? हामी बचाउछौं हाम्रो साथी भाइलाई, हैन त ?” भनेर उहाँसंग सम्बन्धित समाचार पोष्ट गरेका थियौ ।

लगत्तै साउदी अरबमै लामो समयदेखि कार्यरत समाजसेवी भक्त हमालजीले तनहुका निर्दोष व्यक्ति धनबहादुर थापा मगर पनि ब्लडमनि तिर्न नसकेर ताईफ जेलमा रहेको जानकारी गराउनु भयो ।

त्यसपश्चात् हाम्रो मंचको अन्तर्राष्ट्रिय अभियन्ताहरुको समूहबैठकले "अझै छन् कि खोजअनुसंधान गरौं" भन्ने निर्णय गरेपछि आजका दिनसम्ममा सवारी दुर्घटनासंग सम्बन्धित मुद्दामाजेलमा रहनु भएका ७ जना साथीहरु पायौं । ती साथीहरुको बारेमा संक्षिप्त विवरण तल उल्लेख भएअनुसार छ ।
सवारी दुर्घटनाका कारण साउदी अरबका जेल रहेका नेपालीहरु

१. नामः सुरेश मण्डल

जेलः अलहासा, जेल बसेको समायावधि ६ वर्ष ६ महिना
मुद्दाको अवस्थाः ब्लडमनि ५ लाख टाका (६ लाख ८० हजार रुपैयाँ) मांग गरेकोजिल्लाः थाहा हुन नसकेको

२. नामः संजिवकुमार यादव

जेलः अलहासा, जेल बसेको समयावधि साढे दुई वर्ष
मुद्दाको अवस्थाः ब्लडमनि ९७ हजार ७ सय साउदी रियाल (२७ लाख ८५ हजार ४ सय २७ रुपैयाँ) मांग गरेको
जिल्लाः धनुषा, पुष्पवलपुर– १ रतनपुर


३. नामः विष्णुहरि पाण्डे

जेलः रियादस्थित मलालजेल, जेल बसेको समयावधि तीन वर्ष बढी
मुद्दाको अवस्थाः तीन लाख साउदी रियाल (८५लाख ५३ हजार रुपैयाँ)मांग गरेको
जिल्लाः सर्लाही, कर्मैया ५

४.नामः भिमबहादुर दाहाल

जेलः वादी अल दवासिरस्थित कविर सिजन,जेल बसेको समयावधि चार वर्ष बढी
मुद्दाको अवस्थाः ढिसमिस
नेपालमा सम्पर्कः मेघराज दाहाल (दाइ) ९८४२३६९७०७
जिल्लाः मोरंग, बेलबारी ८

५. नामः मदन पंधाक लिम्बू

जेलः वादी अल दवासिरस्थित कविर सिजन, जेलबसेको समयावधि एक वर्ष ९ महिना
मुद्दाको अवस्थाः थाहा नभएको
नेपालमा सम्पर्कः तेजबहादुर लिम्बू (पिता) ९८१६०२९६४९
जिल्लाः झापा, बुधबारे ६

६. नामः धनबहादुर थापा मगर

जेलः ताईफस्थित जेल, जेल बसेको समयावधि एक वर्ष ३ महिना
मुद्दाको अवस्थाः मांग गरेको तीन लाख साउदी रियाल (८५लाख ५३ हजार रुपैयाँ)नेपालमा सम्पर्कः युकुमारी (श्रीमती) ९८१९१४२५१७
जिल्लाः तनहुँ दुलेगौडा हलेसी ३

७. नामः रामचन्द्र तिमिल्सिना

जेलः ताईफस्थित, जेल बसेको समयावधि एक वर्ष ३ महिना
मुद्दाको अवस्थाः एक लाख बिस हजार साउदी रियाल(३४लाख २१ हजार २ सय रुपैयाँ)
नेपालमा सम्पर्कः सरिता तिमिल्सिना (श्रीमती) ९८४३८७८९८८
जिल्लाः काभ्रे कुशादेवी २ घिमिरे गाऊ

माथि उल्लेखित साथीहरुको घरपरिवारको अवस्था लगभग सबैको समान छ । अरबको ५५ डिग्री तातोभूमि कोही पनि रहरले आउदैनन्, आर्थिक अभावकै खाँचो टार्न र केही सानातिना सपना पुरा गराउन आउछन् तर ती हाम्रा अभागी दाजुभाइहरु थप दुःख र पीडा बोकेर जेलमा दिन, महिना र वर्ष वितेको भित्तामा कोरेर बिताउन बाध्य छन् ।

यसबेला हामी जेल बाहिर रहेका र केही आर्जन गरेका अनि केही बोल्न सक्ने, लेख्न सक्ने क्षमता भएकाहरुले अब एक जुट भएर उनीहरुको उद्धारको अभियानमा लाग्न पर्दछ भन्ने हाम्रो ठहर र आह्वान छ ।

हामी यहाँ वैदेशिक रोजगारमा रहेकाहरुले “देशलाई के दियो र हामीले के पायौ ?” भन्ने सन्दर्भमा चर्चा गर्ने पक्षमा छैनौं । हामी प्रवासमा रहेका कम्तीमा साउदी अरबमा रहेका नेपालीहरु हाम्रा ती दाजुभाइहरुलाई जेलमुक्त गराउन नेपाल सरकारले तत्काल पहल गर्न आग्रह गर्दै यदी सरकार सक्षम छैन भने स्पष्ट जवाफ देओस्, हामी वैदेशिक रोजगारमा रहेका नेपालीहरु हातेमालो गर्न तयार भएको घोषणा गर्दै संयुक्तरुपमा यो विज्ञप्ति जारी गरेका छौं ।


“नेपालीका लागि नेपाली नभए के नेपाली?हामी बचाउछौं हाम्रो साथी भाइ !”

संयुक्तरुपमा विज्ञप्ति जारी गर्नेहरु
१- शशी थापा सुब्बा, लन्डन (युके) ०७५३५६४२६७६
२- निरा शर्मा,भर्जनिया (अमेरिका)
३- नारायणी पाण्डे, फ्लोरंस (इटली)
४- रन्जुबाबा श्रेष्ठ, हाईफा (इजरायल)
५- बिष्णु दिखुलिमा देवान, वेम्ब्ली ब्रेंट (युके)07979606089
६- राजेन्द्र बजगाई, बयेर्न (जर्मन)
७- एचके लोहनी, अबुधावी (UAE) +971561492363
८- लक्ष्मण थापा, मलेसिया +960143770577
९- भीमकुमार राई, बहराईन
१०- भक्त हमाल (साउदी अरबिया)0555347025
११- श्री कृष्ण श्रेष्ठ(साउदी अरबिया) 0569814947
१२- सिरी यवा लिम्बू (साउदी अरबिया) ०५९९४४६५८६
१३- तेज बहादुर थापा (साउदी अरबिया) 0504438377
१४- पर्शुराम मिश्र (साउदी अरबिया)
१५- विशाल श्रेष्ठ (साउदी अरबिया)0535470253
१६- विदुर पौडेल, जुबैल (साउदी अरबिया)+966583656 405
१७- नवराज काफ्ले, दम्माम (साउदी अरबिया)०५९८७७५२१२
१८- सुर्य विक्रम याक्खा, रियाध (साउदी अरबिया)
१९- हम सुनारी मगर (साउदी अरबिया)
२०- देवेन्द्र सुवेदी, जुबैल (साउदी अरबिया) +966-590134255
२१- अन्जनीकुमार अधिकारी, (साउदी अरबिया)+966-583635605
२२- ओम फुयाल, जुबैल (साउदी अरबिया)+९६६५६९६५६९५४
२३- कृष्ण पुरी, जुबैल (साउदी अरबिया)+966 59 121 5250
२४- भीमकुमार राई, बहराईन +९७३ ३९०५८५०३
२५- तेजुकुमार श्रेष्ठ, (साउदी अरबिया) +966591694366
२६- प्रेमकुमार राई, आबुधाबी, संयुक्त अरब ईमिरेट्स+९७१५२५७२२६८९
२७- गगन नेपाली, कुवैत +९६५६६०९१८४१
२८- अनिता बुढा मगर (UAE) +971553838603
२९- विनिता दाहाल इवारम (इजरायल)
३०- रबिन गुरुङ , साउदी अरब +९६६ ५९ ७२० ३४००
३१- अनिता बुढा मगर (UAE) 0553838603
३२- चित्रकुमार राई, (साउदी अरबिया) 0598537358
३३- शीर बहादुर गुरुङ (साउदी अरबिया)
३४- एबी राई (साउदी अरबिया)050 181 7563
३५- अकल प्रधान (साउदी अरबिया)0590426094
३६- बलराम खड्का (साउदी अरबिया)0535582650
३७- बेल बहादुर बुढा (साउदी अरबिया)
३८- भोज कुमार कार्की (साउदी अरबिया) 0580117016
३९- बिष्णु घिमिरे (साउदी अरबिया) 0558699329
४०- चन्द्र बुढा (साउदी अरबिया)
४१- चन्द्रमणि भण्डारी (साउदी अरबिया) 055310146
४२- चन्द्र रसाइली (साउदी अरबिया)058 272 0980
४३- धुर्ब ढकाल (साउदी अरबिया)
४४- जिके क्षेत्री (साउदी अरबिया)
४५- कोइराला अर्जुन-२ (साउदी अरबिया)
४६- क्षेत्री लक्ष्मण
४७- लाल शर्मा पौडेल (साउदी अरबिया)050 843 3308
४८- लेखु मिश्र (साउदी अरबिया)
४९- नरेन कार्की (साउदी अरबिया)
५०- प्रेम राई (साउदी अरबिया)
५१- राज कार्की 0583161105
५२- रामकृष्ण घिमिरे (साउदी अरबिया)
५३- रिमेश उदाश (साउदी अरबिया)0591950136
५४- रोशन एन श्रेष्ठ(साउदी अरबिया) 0557453643
५५- सागर अधिकारी (साउदी अरबिया)
५६- संजिव सुनार (साउदी अरबिया)
५७- सुमन दाहाल (साउदी अरबिया)
५८- तुल बहादुर लामा (साउदी अरबिया)
५९- शंकर महत
६०- श्याम गोर्खाली 0546096718
६१- अर्जुन कटुवाल कृष्णा (साउदी अरबिया)
६२- दिलिप तान्ग्लुवा राई (साउदी अरबिया)
६३- मन्जील लामा (साउदी अरबिया)
६४- राजु प्याकुरेल (साउदी अरबिया)
६५- सेनेहंग डिपिके लिम्बू (साउदी अरबिया)
६६- सिरी लिम्बू (साउदी अरबिया)
६७- महेश श्रेष्ठ, जुबैल (साउदी अरबिया) +९६६ ५९२२१०५०९

From newsabhiyan
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment