ठमेलमा ५४ बर्षीय साउदी अरेवियनले १६ वर्षीया नेपाली युवतीलाई जबर्जस्ती करणी गर्न खोजेपछि

काठमाडौं २६ साउन | साउदी अरबबाट नेपाल आएका रोजगारदाता कम्पनीका एक मालिक यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन्।

ठमेलको होटल ताइमाबाट ५४ वर्षका साउदी अरवका सिद्धिकी इब्राहिम हसनलाई पक्राउ गरिएको डिएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। उनी सात दिनअघि नेपाल आएका थिए। एक म्यानपावर कम्पनीबाट कामदार लैजान उनी अन्तर्वार्ता लिन आएका थिए।

त्यस्तै प्रहरीले होटलका कामदार दीपक माझीलाई पनि पक्राउ गरेको छ। माझीले ५ हजार रुपैयाँमा सिद्धिकीलाई एक १६ वर्षको किशोरीको ५ हजार रुपैयाँमा व्यवस्था मिलाइदिएका थिए। सो वापत आफूले ५ सय रुपैयाँ लिएको दीपकले बताएका छन्।

बुधबार साँझ किशोरी सिद्धिकीको कोठामा प्रवेश गरेलगत्तै सिद्धिकीसँग झगडा परेको थियो। सो क्रममा किशोरीले प्रहरीको १०० नम्मरमा कल गरेकी थिइन्। त्यसपछि महानगरीय प्रहरी कार्यालयले सोह्रखुट्टे वृत्तका डिएसपी सोमेन्द्रसिंह राठौरलाई किशोरीको उद्धार गर्न निर्देशन दिएको थियो।

युवतीले फोन गरेको १० मिनेटमा नै सोह्रखुट्टे प्रहरीले ती युवतीलाई उद्धार गर्न सफल भएको थियो। पक्राउ परेका दुवै जनालाई मानव बेचबिखनमा मुद्दा चलाइने प्रहरीले बताएको छ। सेतोपाटिबाट साभार |

Share on Google Plus

About Unknown

0 comments:

Post a Comment