छोरीसँग घरमा सुतिरहेकी महिलालाई मुखमा कपडा कोचिदिएर तीन किशोरले गरे सामुहिक बलात्कार :

कोहलपुर, साउन २९ - कचनापुर ५ मा आठ वर्षीय छोरीसँग घरमा सुतिरहेकी एक महिलालाई तीन किशोरले सामुहिक रुपमा बलात्कार गरेका छन् ।


स्थानीय तीन किशोरले श्रीमान विदेश रहेको र आठ वर्षीय छोरीसँग घरमा सुतिरहेकी २७ वर्षीया महिलालाई बलात्कार गरेका हुन् ।

बिहीबार राति कचनापुर ५ का १६ वर्षीय तीर्थ थारु, १७ वर्षका कमल थारु र १६ वर्षका सुनिल थारुले ती महिलालाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

उनीहरुले मुखमा कपडा कोचिदिएर सामुहिक रुपमा बलात्कार गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुरेशप्रसाद काफ्लेले बताएका छन् ।

प्रहरीले अभियुक्त तिनै जनालाई शुक्रबार गाउँबाटै नियन्त्रणमा लिएको बताएको छ ।
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment