नेपाल मै खुल्यो अहिले समको बढी सरकारी जागिर को लागि कोटा

काठमाडौं : सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले झण्डै दुई सय कर्मचारी भर्ना गर्ने भएको छ। गत वर्ष नै ९५ जना कर्मचारी भर्ना गर्न खोजे पनि अदालतमा मुद्दा परेको कारण स्थगित भएको थियो। गत वर्षकै प्रक्रियालाई निरन्तरता दिने गरि बैंक थप दरबन्दी समेत मिलाएर एक सय ९५ जना कर्मचारी भर्ना गर्न लागेको हो।

गत वर्ष महिलाको उमेरका विषयमा अदालतमा मुद्दा परेको थियो। आवेदन दिने महिलाको उमेर ३५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था बैंकले गरेको थियो। उमेरको सीमा ४० वर्ष बनाउनु पर्ने भन्दै अदालतमा मुद्दा परेपछि प्रक्रिया रोकिएको थियो। बैंकले आवेदन दिने महिलाको उमेरको सीमा ४० वर्ष नै बनाएर विज्ञापन गरेको हो।

बैंकले नियमावली संशोधन गरेर महिलाको उमेरको सीमा ४० वर्ष बनाएको बैंक व्यवस्थापनसम्वद्ध अधिकारीले बताएका छन्। नयाँ संविधान अनुसार बैंकले कर्मचारी भर्नाका लागि लोकसेवा आयोगबाट समेत अनुमति लिनुपर्छ।

बैंकले गत वर्ष आवेदन दिइसकेको आवेदकहरुको फर्मलाई मान्यता दिने निर्णय पनि गरेको छ। गत वर्ष फर्म भरेको आवेदकले यस पटक पुनः फर्म भर्नुपर्दैन।

तीनदेखि आठ तहसम्मका लागि बैंकले खुला प्रतिस्पर्धाबाट कर्मचारी भर्ना गर्न लागेको हो । पुराना कर्मचारीले धमाधम अवकास पाएपछि नयाँ कर्मचारी थप्न लागिएको बैंक व्यवस्थापनले जनाएको छ । बैंकमा वित्तीय सुधार कार्यक्रम लागू हुनु अघिका अधिकांस कर्मचारीले आगामी दुई वर्षभित्र अवकास पाउँछन् । अहिले नै केही शाखाहरुमा कर्मचारी अभाव भइसकेको बैंक व्यवस्थापनका अधिकारीहरुले बताउँदै आएका छन् ।

कुन तहमा कति माग?
तीन तहमा ७३ जना, पाँचौ तहमा ४१ जना, छैटौं तहमा ७५ जना, सातौं तहमा पाँच जना र आठ तहमा एक जना कर्मचारी मागेको हो।

विराटनगर, काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढी क्षेत्रीय कार्यालय अन्तरगर्तका शाखामा काम गर्नुपर्ने सर्त सहित कर्मचारी भर्ना गर्न लागिएको हो।

छैटौं तहमा आवेदन दिन व्यवस्थापन वा अर्थशास्त्रमा स्नातकोत्तर गरेको हुनुपर्ने छ भने तीन तहमा आवेदन दिन १२ कक्षा पास गरेको हुनुपर्छ । त्यस्तै पाँचौ तहमा आवेदन दिन स्नातक पास गरेको हुनुपर्छ । आगामी भदौ ३ गतेसम्म इच्छुक व्यक्तिले आवेदन दिन पाउने छन् ।

आर्थिक बर्ष २०७३/७४ मा दुई सय ८३ जना, आव २०७४/७५ मा पाँच सय ८४ जना र आव २०७५/७६ मा दुई सय ९९ जना उमेर हदबन्दी र अनिवार्य अवकासमा जाने भएका छन् । यो तथ्याङ्क हेर्दा अबको साढे तीन वर्षमा ११ सय ६६ जना कर्मचारी अनिवार्य अवकासमा जान्छन् । आव २०७२र७३ मा करिव दुई सय ४४ जना कर्मचारीले अवकास पाएका थिए । पाँचौ र छैटौं तहका कर्मचारी सबैभन्दा धेरै बाहिरिने छन् । कोर बैंकिङ समूहमा काम गर्ने कर्मचारीको संख्या कम हुनेछ ।

सम्बन्धित लिङ्क
आइटी म्यानेजर (तह ८) सूचना/ पाठ्यक्रम
डेपुटी म्यानेजर (अकाउन्ट) तह ७ सूचना/पाठ्यक्रम
असिस्टेन्ट म्यानेजर रिजनल (तह ६) सूचना/पाठ्यक्रम
सिनियर असिस्टेन्ट (तह ५) सूचना/पाठ्यक्रम
सिनियर असिस्टेन्ट (कम्प्युटर अपरेटर) रिजनल (तह ५) सूचना/पाठ्यक्रम
जुनियर असिस्टेन्ट रिजनल (तह ३) सूचना/पाठ्यक्रम



आवेदन फाराम यहाँ डाउनलोड गर्नुस्
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment