केपी ओली को सम्पूर्ण अपडेट मोदी लाई पठाउने दुत इनि पो रहेछन

काठमाण्डौ । तत्कालीन प्रधानमन्त्री केपी ओलीका सन्देश बहाक बनेर पटक पटक दिल्ली ओहोर दोहोर गर्दै आएका विश्व हिन्दु परिषदका एक नेता केही दिन अघि गोरखपुर पुगेर फर्केकाछन् । भारतिय नेता एवं योगी आदित्यनाथको निमन्त्रणामा त्याहाँ गएका उनले भारतका पधानमन्त्री नरेन्द्र मोदीसंग भेट गर्ने अवसर पाए तर समूहमा । ति हिन्दुबादी महानुभावले मोदीलाई प्रधानमन्त्री ओलीको सन्देश दिए की पूर्व राजा ज्ञानेन्द्रको भनेमा चैं ओली र ज्ञानेन्द्र नै अलमलमा छन् । गोरखपुर पुगेर फर्किएका ति बास्तुविद् हुन अर्जुन बास्तोला । विश्व हिन्दु महासंघ अन्तराष्ट्रियका सचिव रहेका वास्तोलाको संस्थाले हिन्दु अधिराज्यको मुद्धा बोकीरहेको छ । उनीहरु हिन्दुराष्ट र राज संस्थाको पक्षमा छन्, त्यो पनि भारतको बलमा । स्वयम भारत चै के चाहान्छ यसै भन्न नसकिने अवस्था छ । जस्तो की ओलीको भारत भ्रमणको बेला गत फागुनमा बास्तोला दिल्ली पुगेका थिए । ओली सहभागि भएका सबैजसो सार्वजनिक समारोहमा बास्तोलालाई भेटेकाहरुले उनी कसरी त्याहाँ पुगे आश्चर्य व्यक्त गरेका थिए । भारतका साधु शन्त मार्फत मोदी संग लाईन मिलाउन पटक पटक बास्तोला ओली मार्फत दिल्ली पुगेको बुझिएको छ । कहिले राम माधव, कहिले आदित्यनाथ, कहिले रामदेव त कहिले श्री श्री रवि शंकर सम्म पुगेर बास्तोलाले एकातिर ओलीको सन्देश दिएका थिए भने अर्कातिर राजा ल्याउनु प¥यो भन्दै हार गुहार गरिरहेको स्रोतले बताएको छ । राजा ल्याउन ओलीलाई कुनै समस्या छैन उहाँलाई भारतले मनाउनु प¥यो । म सहजीकरण गर्न तयार छु, उनले भन्ने गरेका छन् । तर बास्तोला गुरुको भनाईलाई शन्तहरुले पत्याएपनि भारतिय सरकारले भने पत्याउँन सकेको छैन स्रोतको दाबी छ । गोरखपुरका आदित्यनाथ, विश्व हिन्दु महासंघ समितिका अन्तराष्ट्रिय उपाध्यक्ष हुन भने बास्तोला सचिव हुन । अध्यक्ष चै नेपालका पूर्व महासेनानी हेम बहादुर कार्की हुन, तरुणले खबर लेखेको छ । त्यसको संम्रक्षक पूर्व राजाका पूर्व शाही पाश्र्ववर्ती भरत केशरी हुन । सो समूह राजा ल्याउने अभियानमा लागेको ७ वर्ष नाघेको छ ।
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment