पटना, ५ कात्तिक । भारतको कानपुरमा इन्दौर–पटना एक्सप्रेस रेल दुर्घटना हुँदा ६३ जनाको मृत्यु भएको छ । आइतबार बिहान भएको दुर्घटनामा डेढ सय बढी घाइते भएको भारतीय समाचारमाध्यमहरूले जनाएका छन् । घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।
दुर्घटना हुँदा रेलका १४ वटा डिब्बा रेलवे लिकबाट बाहिर आएका थिए । पटनाका प्रहरी अधिकारीका अनुसार अझै पनि रेलको डिब्बामा धेरै मानिस फसेकाले उद्धार कार्य भइरहेको छ । रेल इन्दौरबाट पटना गइरहेको थियो ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै रेलमन्त्री सुरेश प्रभुसँग घटनाको जाँच गर्न निर्देशन दिएका छन् ।रेलमन्त्री प्रभुले दुर्घटनामा कर्मचारीको जिम्मेवारी देखिए उनीहरूलाई कारबाही गर्ने बताएका छन् ।


0 comments:
Post a Comment