मोतिपुर औद्योगिक क्षेत्र विस्तार गर्न मन्त्रीपरिषदको निर्णय भयो, अब बन्छः मन्त्री पाण्डे

बुटवल, ११ चैत । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले रुपन्देहीको मोतिपुरमा प्रस्तावित औद्योगिक क्षेत्र विस्तार हुने आश्वासन दिएका छन् । मन्त्री पाण्डेले मन्त्रीपरिषदको निर्णय भइसकेकाले अब काम छिट्टै सुरु हुने समेत बताए ।
मोतिपुर औद्योगिक क्षेत्रको अवलोकन तथा स्थानियबासीलाई जानकारी दिदै मोतिपुर सँगै देशका ७ वटै प्रदेशमा औद्योगिक क्षेत्र बन्ने निश्चित भएको बताए । उनले भने,‘औद्योगिक क्षेत्रको विस्तार सँगै अब मुलुक आर्थिक समृद्धि तर्फ जानुपर्छ, त्यसैको नमुना हो मोतीपुर औद्योगिक क्षेत्र ।’ उनले अगाडी भने ‘ १चैतमा मन्त्रीपरिषद्बाट निर्णय भइसकेको छ, अब निर्माणको काम सुरु हुनेछ ।’ उनले देशमा बन्न लागेका ७ प्रदेश मध्येको एउटा औद्योगिक क्षेत्र मोतिपुर रहेको बताए । उनले अबको विकास भनेको आर्थिक विकास नै रहेको भन्दै त्यसैलाई आत्मसाथ गर्दै न्युनत्तम एक प्रदेश एक औद्योगिक क्षेत्र विस्तारको योजना अनुसार काम भइरहेको बताए ।
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment