किशोरीलार्ई पटक पटक बलात्कार गरेर गर्भवती बनाउने विक पक्राउ

भक्तपुर, एक किशोरीलार्ई पटक पटक बलात्कार गरेर गर्भवती बनाउने चाँगुनारायण नगरपालिका–१० बस्ने ५३ वर्षीय शम्भु विकलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
अभियुक्तले कोही नभएको बेलामा किशोरीलाई धम्की दिँदै घरमै गएर जबर्जस्ती गर्दै आएका थिए । उनी गर्भवती भएपछि परिवारले घटनाबारे थाहा पाई जाहेरी दिएपछि विकलाई पक्राउ गरिएको हो । विकले साउनदेखि गत माघ २१ गतेसम्म पटक पटक जबर्जस्ती गरेको पीडित किशोरीले महानगरीय प्रहरी परिसर भक्तपुरमा बताएकी महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरीनायब उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो । रासस
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment