आइफोन किन्न १८ दिनकी छोरीलाई ३ हजार ५ सय ३० डलरमा बिक्री
एजेन्सी । पछिल्लो समयमा प्रविधिको विकाससंगै विश्वमा रहेको मानिसलाई एक आपसमा बाधने काम गरेको छ । प्रविधिले मानिसलाई एक आपसमा नजिक ल्याउने काम गरेको छ भने यसले विभिन्न समस्या समेत पैदा गर्ने गरेको छ ।
चीनमा पनि यस्तै समस्या देखा परेको छ । चीनका एक नागरिकले १८ दिनकी छोरी बेचेर आइफोन खरिद गरेको पाइएको छ । छोरी बेचेको आरोपमा उनलाई ३ वर्ष जेल सजाय सुनाइएको छ । उनीहरुले आईफोन किन्नका लागि १८ दिनकी छोरीलाई ३ हजार ५ सय ३० डलरमा बेचेको बताइएको ।
चीनको पीपुल्स डेलीले उल्लेख गरे अनुसार चीनको फूजियान प्रान्तमा
सामाजिक सञ्जाल क्युक्युमा १८ दिनकी छोरी किन्ने मानिस फेला पारेका थिए । बाबु र आमाको उमेर १९ वर्ष रहेको छ ।

0 comments:
Post a Comment