त्रिभुवन विमानस्थलमा विद्युत आपुर्ती बन्दा हुँदा कर्मचारीलाई हैरानी
काठमाडौं, ४ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार बिहानै देखि विद्युत आपुर्ती अवरुद्व भएको छ । विद्युत आपुर्ती अवरुद्व हुँदा विमानस्थलमा हुने दैनिक कामकाज अवरुद्व भएका छन् ।
विमानस्थल स्रोतका अनुसार विद्युत आपूर्ती नहुँदा सामान्य काम व्याकअप बाट चलेपनि महत्वपूर्ण कामहरु भने हुन सकेका छैनन् । लामो समयसम्म पनि विद्युत आपूर्ती ठप्प हुनुको कारण पत्ता लगाउन नसक्दा विमानस्थलका अधिकारी अन्योलमा परेका छन् । जसले गर्दा सेवाग्राहीलाई समेत मर्का परेको छ ।
मेन लाईनको बत्ति आपुर्ती नुहँदा काम गर्न समस्या भएको एक कर्मचारीले बताए । उनका अण्नुसार एसी नहुँदा गर्मीका कारण काम गर्न समस्या भएको हो । हाल डिपार्चर अगाडीको हलमा मात्र एसी चलाईएको छ ।

0 comments:
Post a Comment